जीत नजिक पुगेका बाइडनले दिए एकताको संदेश - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

जीत नजिक पुगेका बाइडनले दिए एकताको संदेश



एजेन्सी- अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्।

जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन्। तर जोले आफ्नो जितको घोषणा भने गरेनन्। वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो चुनावी प्रतिस्पर्धामा छन्।

सबै भोट गणना हुँदा आफ्नो जित हुने उनले विश्वास व्यक्त गरे। मसिगनको नतिजा बाइडनको पक्षमा आएपछि उनी जितको करिब पुगेका छन्। समाचार एजेन्सी एपीले मसिगनमा बाइडनको जित भएको बताएको छ। बाइडनलाई जितका लागि २७० इलेक्टोरल भोट आवश्यक छ र मिसिगन पछि यो लक्ष्य नजिक भएको छ।

बाइडनले डोनाल्ड ट्रम्पको नाम नलिएरै उनीप्रति निशाना साँधे। उनले भने, ‘सत्ता सकैले हत्याउन सक्दैन। सत्ता जनताले सुम्पिने कुरा हो।’ बाइडनले आफ्नो मन्तव्यमा एकताको कुरा उठाएका छन्।