अमेरिकामा बाइडेनविरुद्ध प्रदर्शन, विश्वभर आलोचना
काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध अमेरिकामा प्रदर्शन सुरू भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन भएको बताइएको छ ।
अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएर प्रर्दशन गरेका हुन् । अहिले अमेरिका लगायर विश्वभर बाइडेनको चर्को आलोचना हुन थालेको छ ।
बाइडेनकै कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्नुमा राष्ट्रपति गरेको भन्दै प्रदर्शन गरेका समेत एएनआईले जनाएको छ ।
एक महिनाअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने उद्घोष गरेका थिए । उक्त उद्घोषसँगै उनले तालिवानले अब अफगानिस्तानमाथि हमला गर्न नसक्ने विश्वास व्यक्त गरेका थिए ।
आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । तालिवानी लडाकु राजधानी शहरमा प्रवेश गर्न थालेपछि त्यहाँका राष्ट्रपति देश छाडेर भागेका छन् ।