बाइडेनले लागाएको नियम अदालतले उल्टायो - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बाइडेनले लागाएको नियम अदालतले उल्टायो



काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको सबै संघीय कर्मचारीले कोरोना खोप अनिवार्य लगाउनुपर्ने नियम टेक्सासको एक अदालतले रोकिदिएको छ।

शुक्रबार अदालतका न्यायाधीशले सबै कर्मचारीले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने बाध्यता हुन नहुने भन्दै बाइडेनले ल्याएको यो नियम रोकिदिएका हुन्।

अमेरिका विभिन्न समूहका मानिसलाई कोरोना खोप लगाउने योजनामा रहेको अवस्थामा टेक्सासस्थित अदालतले सरकारलाई अर्को धक्का दिएको हो।

गत नोभेम्बर २२ मा बाइडेनले ३५ लाख सरकारी कर्मचारीले अनिवार्यरुपमा खोप लगाउनुपर्ने आदेशमा हस्ताक्षर गरेका थिए। अन्यथा उनीहरुलाई कामबाट निकालिन सक्ने चेतावनी उनले दिएका थिए।

अमेरिकी जिल्ला अदालतका न्यायधीश जेफ्री ब्राउनले सरकारले मानिसहरुलाई मास्क लगाउने तथा भौतिक दूरी कायम गर्नेजस्ता विषयमा प्रेरित गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले मानिसहरुको स्वतन्त्रतालाई सम्मान गर्दै उनीहरुलाई सुरक्षा पनि दिनुपर्ने ब्राउनको भनाइ छ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार अहिलेसम्म अमेरिकाका ९३ प्रतिशत संघीय कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा जाने बताएको छ।