'युवालाई धकेलेर विदेश पठाउने, संकट पर्दा मान्छे नै नगन्ने ? यस्तो के सरकार ?' - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

‘युवालाई धकेलेर विदेश पठाउने, संकट पर्दा मान्छे नै नगन्ने ? यस्तो के सरकार ?’



काठमाडौं- राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै सांसद रामनारायण विडारीले सरकारले युवाहरूलाई धकेली धकेली विदेश पठाएको तर संकटमा उद्दार समेत गर्न नचाहेको बताएका छन् ।

उनले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेका युवाहरु सरकारले बेवास्ता गर्दा विदेशमै अलपत्र परेको बताएका छन्।

उनले भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएकाले सरकारको ध्यानाकर्षण गराए। ‘सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त हुँदा पनि सरकारले उद्धार गर्न सकेको छैन’, उनले भने, ‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन्।

उनीहरु अहिले विदेशमा रोग र भोकले ग्रस्त छन्। स्वदेश आउन आतुर छन् तर रकम छैन अभाव छ। भाडा तिर्ने पैसा छैन। शरीरपनि जीर्ण भएको छ।’ उनले पैसा नभएका युवालाई नेपाली नै नठानिएको गुनासो गरे।

‘नेपालमा काम नदिएकाले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदा अहिले अलपत्र परियो भन्छन्’, उनले भने, ‘तिनीहरुलाई कसरी ल्याउने? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी।’​