आइतबार सार्वजनिक बिदा
सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो ।
योमरी पुन्ही ज्यापु दिवसलाई मध्यनजर गर्दै सरकारले पुस ४ गते अर्थात आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको महत्वपूर्ण चाडमा योमरी पुन्हीको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदाको घोषणा गरेको हो ।
गृह मन्त्रालयका अनुसार त्यस दिन पर्ने उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकाको निम्ति सार्वजनिक बिदा दिइएको हो ।