सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साउन २२ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् ।
