माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं- सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो। उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछन्। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ। त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ।