भोलि सार्वजनिक विदा, झण्डा आधा झुकाउने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भोलि सार्वजनिक विदा, झण्डा आधा झुकाउने



काठमाडौं । सरकारले पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत गरेको छ ।

सरकारले बिहीबार सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए ।