निधिले भने : बिचरा ओलीजीको दया लाग्छ - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

निधिले भने : बिचरा ओलीजीको दया लाग्छ



चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति दया लागेर आएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु हास्यस्पद भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतिमा रमाउने र टिप्पणि गर्न लायक नभएको उपसभापति निधिले बताए ।

उपसभापति निधिले भने, ‘कम्युनिष्टहरुको जन्मकुण्डली हेर्ने हो भने राजाको नजिक रहेर काम गरेको देखिन्छ, उहाँहरुलाई लोकतन्त्रप्रति निष्ठा भएको कांग्रेसलाई यसो उसो भन्न मिल्दैन ।’

२०३७ सालमा भएको जनमत संग्रहमा कम्युनिष्टहरुले निर्दलको पक्षमा मतदान गरेको निधिले आरोप लगाए ।

फरक प्रसंगमा उपसभापति निधीले लगानी सम्मेलनलाई सफलताको कामना गर्दै यस सम्मेलनलाई सफल बनाउन सरकारले प्रर्याप्त तयारी र गृहकार्य नगरेको आरोप लगाए ।