बिचरा... विराज भट्ट डन - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बिचरा… विराज भट्ट डन



भोजपुरी फिल्ममा अभिनय गर्दागर्दै नेपाली फिल्मबाट ओझेल परेका अभिनेता विराज भट्ट आफ्नै प्राविधिकको टाउकोमा मुड्की हानेर विवादमा तानिए । प्राविधिकलाई मुड्की हानेपछि उनले माफी नै माग्‍नुपऱ्यो । घटनाबारे मौन बस्दै आएका विराज अहिले भने प्राविधिक कुटेर कति न बहादुरी गरेझैँ कुर्लन थालेका छन् ।

यसै साता सामाखुशीमा आफ्नो फिल्म ‘साङ्लो’को मुहूर्तमा मुड्की काण्डबारे बोल्दै उनले आफूले फिल्ममा मात्रै नभई बाहिर पनि मुड्की हान्ने गरेको भनी धक्कु लगाए । उनले भने, ‘म पर्दा बाहिर पनि फाइट खेल्ने गर्छु। मुक्का हानेको विषयमा आश्चर्य नपरे हुन्छ।’

ठीक छ विराजज्यू, मुड्कामुड्की गर्नुस् तर मुड्की हानेपछि लुरुक्क परेर माफी माग्छु पनि भन्नुपऱ्यो नि ! यसरी आधा मात्रै सत्य बताएर भ्रम फैलाउनु त भएन नि !

यो जानकारी आजको शुक्रबार साप्ताहिकबाट ।