पार्टी विभाजन रोक्न धुम्बाराहीमा नेकपा केन्द्रीय सदस्यहरु भेला - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

पार्टी विभाजन रोक्न धुम्बाराहीमा नेकपा केन्द्रीय सदस्यहरु भेला



काठमाडौँ – पछिल्लो समय सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधान गर्न र पार्टीलाई फुट्नबाट जोगाउन नेकपाका दोस्रो ताका नेताहरू लागिपरेका छन् ।

यस्तैमा पार्टीलाई विभाजनबाट रोक्नका लागि नेतृत्वलाई दबाब दिन नेकपाका केन्द्रीय सदस्यहरुले भेला बोलेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भेला डाकिएको छ ।

शुक्रबार बिहान पार्टीको दोस्रो तहका नेताहरु बसेर एकतालाई कायम राख्न नेतृत्वलाई दबाब दिने निर्णय गरेका बेला पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरु पनि भेला हुन थालेका हुन् ।

उनीहरुले कमी कमजोरी सच्याएर मिल्नुको विकल्प नभएको विषयमा नेतृत्वलाई दबाब दिने जनाएका छन् । रामकुमारी झाक्री, ठाकुर गैरे लगायतको अगुवाईमा नेकपाका केन्द्रीय सदस्यहरु भेला भइरहेको बताइएको छ ।