यस्तो आयो दल विभाजनसम्बन्धि अध्यादेश
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी गर्ने निर्णय गरेको हो । अध्यादेशको मस्यौदाका भाषा मिलाउनेक्रम जारी छ ।
बैठकमा दल विभाजन सम्बन्धि अध्यादेश पारित भएको छ । अबको केही समयभित्रै राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिएको छ । जसमा दल विभाजन भएको तीन साताभित्र प्रदेश र स्थानीय तहमा जनप्रतिनिधले दल रोज्ने अध्यादेशमा राखिएको छ ।
दल विभाजनका निम्ति केन्द्रीय समिति र संघीय संसद्का विगतको कायम संख्या आधाको हाराहारीमा झारिएको छ । बैठकमा सहभागी एक मन्त्रीले इकागलाई दिएको जानकारी अनुसार अध्यादेशको सैदान्तिक विषय पास भइसकेको छ । ‘२० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ’ उनले इकागजसँग भने ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फुट्न सजिलो हुने गरी अध्यादेश ल्याइएको छ ।