घोडाघोडी नगरपालिकामा विवेकशील साझाको प्रचारप्रसार तीब्र - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

घोडाघोडी नगरपालिकामा विवेकशील साझाको प्रचारप्रसार तीब्र



बिशाल पाण्डेय मंसिर १० ,सुखड, कैलाली ।

आगामि मंसिर २१ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि विवेकशिल साझा पार्टिले कैलालीको घोडाघोडी नगरपालिकामा आफ्ना चुनाबी प्रचारप्रसार अभियान तिब्र पारेको छ । घोडाघोडी नगरपालिका अन्तर्गत पर्ने निम्दी ,साडेपानी ,ज्वाला नगर , लठुवा लगाएतको विभिन्न ठाउँमा घर दैलो , भेटघाट तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको कैलाली क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार दिपक गौतमले हिमाल पोस्टलाइ बताउनु भयो ।

विबेकशिल साझा पार्टी अरु पार्टी जस्तो भ्रष्ट नरहेको र जनताले चाहेको विकाश र संवृद्बिको आकांक्षा अन्य दलहरुले पूरा गर्न नसक्ने हुनाले अब त्यो काम विवेकशील साझा पार्टीले पूरा गर्ने हुँदा यहाँका बासिन्दाहरुले विवेकशील साझा पार्टीलाई सकारात्मक तरिकाले हेर्नुभएको र तराजुमा भोट गरि आफुहरुलाइ बिजयी गराउनु हुन्छ भन्ने ढुक्क रहेको गौतमले बताउनु भयो । त्यस्तै विवेकशील साझा पार्टीको कैलाली क्षेत्र नं ३ ‘ ख ‘ मा प्रदेश सभा तर्फबाट हरिनन्द जोशीको उम्मेदवारी रहेको छ भने समानुपातिक तर्फबाट प्रभात बोगटी रहनु भएको छ ।