विवेकशील साझामा खटपट ,मिश्रलाई ठूलो झड्का - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

विवेकशील साझामा खटपट ,मिश्रलाई ठूलो झड्का



काठमाडौं:  वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवेकशील साझा पार्टीभित्र खटकट देखिएको छ ।

पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो ।

१८ पेष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निस्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् । एक सदस्यले एकीकर।णपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरुले उचित स्थान नदिएको आरोप लगाए ।

विवादकै कारण चार केन्द्रीय सदस्यहरु सरोज धिताल, दिनेश प्रसाईं, रेशु अर्याल र ओम अर्यालले पार्टी छाडेका छन् । विवादबारे अर्का संयोजक रवीन्द्र मिश्रसँग टिप्पणी लिन खोज्दा अस्वीकार गरे । कान्तिपुर दैनिकबाट