विवेकशील साझा नेपालको वैकल्पिक पार्टी - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

विवेकशील साझा नेपालको वैकल्पिक पार्टी



पोखरा–देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत विवेकशील साझा पार्टीले पोखरामा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ । शुक्रबार पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थिती रह्यो ।

संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा पार्टीको संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापासँगै केन्द्रीय नेताहरु डा. सूर्यराज आचार्य, केशव दाहाल, रञ्जु दर्शना लगायतको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राखेका थिए । उनीहरुले नेपालमा वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको र त्यको परिपूर्ती विवेकशील साझाले गर्न सक्ने विचार राखेका थिए ।

त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राखेका थिए । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्दै विवेकशील साझा पार्टी अब नेपालको वैकल्पिक पार्टी भईसकेको ठोकुवा गरे ।

युवा नेतृ रञ्जु दर्शनाले युवापुस्ताबाट मात्रै परिवर्तन सम्भव भएको बताउँदै राजनीतिमा युवा पुस्ताको प्रवेशले विशेष अर्थ राख्ने बताईन् ।