विवेकशील साझाले भन्यो : देशमा डरलाग्दो संकेत देखियो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

विवेकशील साझाले भन्यो : देशमा डरलाग्दो संकेत देखियो



विवेकशील साझा पार्टीले बालुवाटारको सरकारी जग्गाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भु–माफिया’को मिलेमतोमा अपचलन भएको विषयमा ध्यानाकर्षण भएको जनाएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको छ । यो बारेमा अनुसन्धान र आवस्यक कारवाहीको लागि नेपाल सरकारले गरेको पहललाई पार्टी स्वागत गर्दछ ।’

साथै उनले विज्ञप्तिमा वौद्धको हयात रिजेन्सी होटलले गैरकानुनी रुपमा सयौँ रोपनि सरकारी जग्गा हडपेको विषयमा पनि चासो व्यक्त गरेको छ । साथै पार्टीले सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बढ्दै गएको भ्रष्टाचार र अनियमितताका यस्ता घटनाहरुले सरकारको विश्वसनियतामा आँच पुग्नेमात्र होइन त्यसले ठूला विदेशी लगानीका संभावनाहरूमा समेत प्रतिकूल असर पार्दछ । दोषीलाई उन्मुक्ति दिने ढङ्गबाट औपचारिकतामा मात्र सिमीत नहोस भनि खबरदारी गर्न चाहन्छ।’

राज्य दोहन र भ्रष्टाचारको ‘क्यान्सर’ विरुद्धको अभियानमा समाजका सबै अंगको खबरदारी अपरिहार्य रहेको पार्टीको निष्र्कष छ ।