विवाह पुर्व युवतीहरुलाई सताउने गर्छ यस्ता कुराले - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विवाह पुर्व युवतीहरुलाई सताउने गर्छ यस्ता कुराले



एजेन्सी–विवाहपश्चात शारिरीक सम्बन्ध जिन्दगीको एक प्रमुख तत्वको रुपमा लिइन्छ । केही युवतीहरु यसबारे गम्भिर हुने तथा विवाह अगाडि सम्बन्धको बारेमा धेरै सोचहरु पालिराखेका हुन्छन् । यस्ता कुराहरु उनीहरु अरुसँग शेयर गर्न पनि चाहदैनन् ।

१. पार्टनरको व्यवहार

केही युवतीहरु आफ्नो पार्टनरको शारीरिक सम्बन्धमा कस्तो व्यवहार गर्छ भन्ने कुराले सताउने गर्छ । सेक्स पार्टनरले आफ्नो भावना बुझ्छ कि बुझ्दैन यो प्रश्नले उनीहरुलाई सताइरहन्छ ।

२. रीतिको विचार

कुन घरमा कस्तो चलन छ त्यो विवाह पश्चातमा थाहा हुन्छ । यी कुराहरले पनि उस्तै पिरोलोमा युवतीहरुलाई पार्ने गर्छ । ती घरमा रहेको चलनहरु पालन गर्न सकिन्छ कि नाइ भन्ने सोचले उनीहरुलाई सताइरहेको छ ।

३. फिल्मी दुनियाँको सपना

हरेक युवतीहरु सुहागरातको दृश्यलाई फिल्मको झै हुने तरिकाले लिन्छन् । फुलहरुले भरिएको कोठा लगायत अन्य धेरै कुरा फिल्मी जस्तै होस् भन्ने उनीहरु चाहन्छन् ।

४. पार्टनरलाई कसरी भन्ने

विवाहपछि थाकेको अवस्थामा शारीरिक सम्बन्ध बनाउने सक्दिन भन्न सक्ने हिम्मत आउला नअउँला भन्नेबारे उनीहरु सोच्ने गर्छन् ।

५. साथीहरुसँग गरिएका कुराहरुले डराइ राख्छ

आफ्ना साथीहरुसँग विवाहबारे गरिएका कुराहरुले सधै कौतुहलताका साथ डर बनाइराखेको छ । आफ्ना साथीहरुको उल्टो सुल्टो कुराहरुले उनीहरुलाई चिन्तित बनाउने गर्छ ।