अब विवाह गर्न पनि जिल्ला प्रशासनको अनुमति चाहिने - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

अब विवाह गर्न पनि जिल्ला प्रशासनको अनुमति चाहिने



काठमाडौं- अब विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने भएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा यस्तो ब्यबस्था लागु गरिएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढीमा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको हो।

वैशाख १६ गतेदेखि एक सातासम्म लागू हुने यो व्यवस्था उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।

वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने समेत आदेशमा गरिएको छ।

बिहीबारदेखि लागू हुने गरी सोमबार जारी गरिएको आदेशमा अत्यावश्यक सेवाहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने उल्लेख छ।