विवाह भएको चार वर्ष पुरा भयो । साधन प्रयोग गरेको छैन। तर बच्चा हुन सकेन, किन ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विवाह भएको चार वर्ष पुरा भयो । साधन प्रयोग गरेको छैन। तर बच्चा हुन सकेन, किन ?



हाम्रो विवाह भएको चार वर्ष पुरा भएको छ । परिवार नियोजनको साधन पनि प्रयोग गरेकी छैन । तर बच्चा हुन सकेको छैन । के कारण ले यस्तो हुन्छ ? – एस

परिवार नियोजनको साधन प्रयोग नगर्ने स्वस्थ दम्पत्तिमध्ये ८० प्रतिशतको  विवाह भएको दुई वर्षमा सन्तान हुन्छन् । त्यसअवधिमा २० प्रतिशत दम्पत्तिका सन्तान नहुन सक्छन् । यसका विभिन्न कारण हुन सक्छन् । यदि श्रीमानको पिसाबसम्बन्धी रोग थियो वा पिसाबमा संक्रमण छ कि ?

पुरुषमा शुक्रकीटको अभावले पनि यस्तो हुन सक्छ । त्यसकारण  एकपटक शुक्रकीट जाँच गर्नुहोला । तपाईको महिनावारी समयमा नहुने समस्या छ भने पनि यस्तो हुन सक्छ । आत्तिहाल्नु पर्दैन । एक पटक विशेषज्ञको सल्लाह लिनु होला । सामान्य उपचारले पनि बच्चा बस्न सक्छ ।

यसका साथै, थाइराइडको समस्याबाट पनि बच्चा नजन्मनसक्छ। थाइराइडले ‘मेटाबोलिजम’लाई एकदमै नियन्त्रण गर्छ। शरीरको तापक्रम पनि नियन्त्रण गर्छ। पुरुषको अण्डकोषबाट शुक्रकीट निस्कासनका लागि तापक्रमको भूमिका महत्वपूर्ण हुन्छ। उपयुक्त तापक्रममा नै शुक्रकीट उत्पादन हुने हो। तापक्रमको फेरबदलले पुरुषको शुक्रकीट उत्पादन कम हुन्छ।

महिलामा पनि हर्मोनको गडबडले महिनावारीमा समस्या ल्याउँछ। जसका कारण बच्चा नबस्ने समस्या देखा पर्छ। हरेक गर्भवती महिलाको थाइराइड स्क्रिनिङ गर्नुपर्छ। गर्भवती हुनुभन्दा पहिले नै थाइराइड भएको भए झनै सतर्कता अपनाउनुपर्छ। नभए पनि हरेक गर्भवतीको स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ। त्यसकारण तपाइले एकपटक जचाउनु नै उत्तम हुन्छ।

– डा विमल थापा, वरिष्ठ गाइनोलोजिष्ट, सिभिल अस्पताल

स्वाथ्यखबरबाट