विवादका बिच बर्दगोरियामा दुई समिती गठन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विवादका बिच बर्दगोरियामा दुई समिती गठन



लिला जंग शाही

बौनीया ,कैलाली ।
कैलालीको बर्दगोरिया गाउपालिकामा बिबादका बिच बर्दगोरिया पर्यटन ,धाम,धार्मिक बिकास समितीका २ समिती गठन भएका छन् ।

बुधबार बसेको गाउपालिका स्तरिय भेलाबाट गाउपालिका अध्यक्ष र वडा अध्यक्ष बीच कस्को अध्यक्षतामा बैठक बस्ने कुरामा निर्णय हुन नसक्दा बिबाद उत्पन्न भए पछि गाउपालिका अध्यक्ष बलिराम चौधरि र वडा नं ५ का अध्यक्ष श्याम कुमारी चौधरी लगाएत काङ्ग्रेस निकट कार्यकर्ता उठेर हिडे पछि बर्दगोरिया गाउपालिका वडा नं. २ का वडा अध्यक्ष तथा बर्दगोरिया पर्यटन बिकास विषयगत समितिका संयोजक भेखु चौधरीको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारुको प्रमुख आतिथ्यमा बैठक बसि २१ सदस्यीय कमिटी गठन गरिएको हो ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले बर्दगोरिया धार्मिक क्षेत्रलाई बिकासका लागी हाल ५० लाख बजेट बिनियोजित गरेको छ । सो धार्मिक क्षेत्रलाई बिकास गर्ने हेतुले बुधबार बर्दगोरियामा छल्फल बाट कमिटी गठन गर्ने निर्णय भएको थियो । कमिटि गठन भए पनि गाउपालिका अध्यक्ष बलिराम चौधरीले गाउपालिका बाट सो कमिटीलाई मान्यता नदिने जानकारी दिएका छन ।चौधरिका अनुसार एकलौटि रुपमा निर्णय गरेकाले सो कमिटिले गाउपालिका बाट बैधानिक मान्यता नपाउने बताए ।

बर्दगोरिया पर्यटन ,धाम,धार्मिक बिकास समितिको अध्यक्षमा राम बहादुर साउद चयन हुनु भएको छ । जसको उपाध्यक्षमा नाथुराम डगौरा थारु,सचिबमा रबि कुवर ,कोषाध्यक्ष शोभा टमट्टा, लागएत सदस्यहरुमा मान बहादुर रावल,लाल बहादुर चौधरी,मिलन ओलि,कृष्ण प्रसाद ओझा,मधुकर सिजापती मगर,पदम बुढ्थापा,कृष्ण साउद, बिमला डगौरा थारु,बिकास मल्ल,रिसानी चौधरी,हेमा बोहरा,चुलुवा चौधरी,फतेराम थारु,चक्र कठरिया र मिना चौधरी लगाएतका रहेका छन । यसै गरि नैन सिंह बुढाको संंयोजाकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरिएको छ । जस्को सदस्यमा रुप बहादुर कुवर,बिस्नु चौधरी,जगत साउद,रुपक सुनार,खडक डगौरा थारु र नवराज कुवर रहेका छन ।

कार्यक्रमको सञ्चालन बर्दगोरिया गाउपालिका वडा नं. ३ का वडा सदस्य एवम न्यायीक समिति बर्दगोरियाका सदस्य टंक ओलिले गरेका थीए । यस्तै काङ्ग्रेस निकट कार्यकर्ताको उपस्तिथमा बर्दगोरियामै बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम डगौरा थारुको अध्यक्षतामा बसेको बैठकले कृष्ण बिष्टको अध्यक्षतामा २३ सदस्यीय तदथ समिती गठन गरेको छ । जस्को उपाध्यक्षमा महेन्द्र शाह,सचिव देवानन्दै जैसी र कोषाधयक्षमा कित्थी बि.क रहेका छन् । समितीका सदस्यहरुमा धिरज शाही,चक्र बहादुर बिष्ट,गोकर्ण प्रसाद उपाध्याय,दिनेश भण्डारी,देव बहादुर बम,मधु रीजाल,शुरेस बम,बिशाल बम,हर्क शाह,सेना बहादुर चौधरी,बाल चन्द्र कठरीया,बालकृष्ण डगौरा,डिला रानामगर,टेक राज जोसी,महेश्वरी चौधरी,अमीत बन्जाडे,अरुण समसेर राणा,गोविन्द बम,नरेस खड्का र रमा बादी रहेका छन् ।

यस्तै उपेन्द्र बमको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिती समेत गठन गरीएको छ । जसमा हिक्मत बम,तेज प्रताप मल्ल,अमर बम, रामनारायण थारु,ललीता भट्ट,शुसील शाही,ब्रिजेस रावल,खडक चौधरी,लल्तु दास डगौरा सदस्य रहेका छन् ।