भुवन केसीलाई झड्का: अर्की महिलाले पनि लगाईन दुर्व्यवहारको आरोप - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

भुवन केसीलाई झड्का: अर्की महिलाले पनि लगाईन दुर्व्यवहारको आरोप



काठमाडौं – पछिल्लो समय यौन दुर्व्यवहारको आरोप खेप्दै आएका अभिनेता भुवन केसीलाई फेरी अर्को झड्का लागेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा ‘ड्रिम्स’को सुटिङका समयमा दुर्व्यवहार भएको आरोप खेपिरहेका अभिनेता केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको आरोप लगाएकी छन् ।

क्यानडा बस्दै आएकी स्वेता रेग्मी नामकी महिलाले अभिनेता केसीले उनीसँग गरेको च्याटको स्क्रिन भिडिओ शेयर गर्दै केसीको बोल्ने शैलीबाट आफुलाई असहज महशुस भएको बताएकी हुन् ।

यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी छन् ।