काठमाडौँको मेयरमा भुवन केसी उठ्ने, चुनाव चिह्न खुला किताब - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

काठमाडौँको मेयरमा भुवन केसी उठ्ने, चुनाव चिह्न खुला किताब



अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले उनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

स्वागत नेपाल नेतृत्वको  उन्नत लोकतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

 ‘काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ’, बैठकपछि नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
यस्तै उपमेयर पदमा  रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ ।