भुटानमा शिक्षक तथा चिकित्सकको तलव सबै भन्दा बढी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

भुटानमा शिक्षक तथा चिकित्सकको तलव सबै भन्दा बढी



भुटान सरकारले गज्जबको निर्णय गरेको छ । सो निर्णयमा  हरूले सबै भन्दा बढी तलब पाउने भएका छन् । युरोपियन राष्ट्रहरुमा शिक्षकको तलब धेरै भएको समाचार आइरहँदा भुटान सरकारको यो निर्णयलाई हाम्रो जस्तो मुलुकमा अचम्मको नै मान्न सकिन्छ ।

सरकारले हालै गरेको तलब बृद्धिमा शिक्षक, चिकित्सक, नर्स र अस्पतालका अन्य कर्मचारीको तलब सरकारी कर्मचारीहरूमा सबैभन्दा उच्च हुने निर्णय गरेको हो। दुई साताअघि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको दि भुटनीज अनलाइनले जनाएको छ।

भुटानको प्रधानमन्त्री कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रस्ताव गरेबमोजिम तलबस्केल पुनरावलोकन कार्यान्वयन भएपछि मुलुकमा सबैभन्दा बढी आर्जन गर्ने शिक्षण पेशा हुनेछ।’

सरकारको यस निर्णयलाई ‘ठूलो रणनीतिक कदम’ मानिएको छ। यसअघि भुटानमा निजामती प्रशासकहरूले सबैभन्दा धेरै तलब तथा भ्रमण, तालिमलगायत भत्ता पाउँदै आएका थिए।

तलब पुनराबलोकनमा प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता, सभामुख, प्रधानन्यायाधीसको तलब केवल ९ प्रतिशतले बढाइएको छ भने तल्ला तहका कर्मचारीको तलब १०५ प्रतिशतसम्म बढाइएको छ।

शिक्षक तथा चिकित्सक कर्मचारीले लामो समयसम्म काम गर्नुपर्ने र उनीहरूमाथि उच्च दबाब पनि पर्ने हुनाले तलब विशेष रुपले बढाइएको बताइएको छ। चिकित्सक र अन्य मेडिकल स्टाफको साबिक तलबमा ३५ देखि ६० प्रतिशतसम्म बढाइएको हो ।