भुटानमा पहिलोपटक लकडाउन घोषणा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भुटानमा पहिलोपटक लकडाउन घोषणा



एजेन्सी- भुटानमा पहिलोपटक लकडाउन घोषणा भएको छ। ठुलो संख्यामा संक्रमित देखिएपछि मंगलबारदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरिएको हो।

भुटानमा कोरोना संक्रमितको संख्या ११३ पुगेपछि त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको हो।

यहाँ हालसम्म कोही व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन। ९७ संक्रमित भने निको भएर घर फर्किएका छन्।

सरकारले घरमै बस्न र आफ्नो ख्याल गर्न आग्रह गरेको छ। विद्यालय, सरकारी कार्यालयहरु सबै बन्द गरिएका छन्।

सन् २०१८ को तथ्यांक अनुसार भुटानको जनसंख्या साढे ७ लाख हो। यो देश पर्यटनमा निर्भर गर्दछ। तर गत मार्चदेखि कोरोनाका कारण यहाँको पर्यटन क्षेत्र ठप्प छ।