भूकम्प जादाँ ८४ जना घाइते - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भूकम्प जादाँ ८४ जना घाइते



तेहरान– इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ।

स्थानीय समयानुसार बुधबार बिहान १०ः३८ मा गएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन्। यस भूकम्प ५ दशमलब २ म्याग्निच्युड मापन गरिएको र मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ।

भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा ८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

फेरी पनि भूकम्पको पराकम्प हुने आशंकाले स्थानीय बासिन्दा सडक र खुल्ला ठाँउहरुमा भेला भएका छन्। उद्धारकर्ताहरुले घरमा कतैकोही पुरिएको छ की भनेर खोजी गरिरहेका छन् भने तत्काल घरमा नजान र बाहिरै बस्न आह्वानसमेत गरिएको छ।

मुख्य बजार क्षेत्रहरुका ठूलो क्षतिको कुनै विवरण नआएपनि ग्रामीण क्षेत्रमा भने सामन्य क्षति भएको पाइएको छ।

भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन्। त्यसैगरी केही सडकहरुमा पनि अवरोध भएका जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा स्वयमसेवकहरु परिचालन गरिएको छ।

इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ५ सय ३० जनाको मृत्यु हुनुको साथै ८ हजार घाइते भएका थिए। रासस/सिन्ह्वा