लिपुलेकसहितको भूमि फिर्ता ल्याउन सरकारल पहल गर्ने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लिपुलेकसहितको भूमि फिर्ता ल्याउन सरकारल पहल गर्ने



काठमाडौं । सत्ता गठबन्धले भारतसँगको सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने बताएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले लिपुलेकसहितका सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएका हुन् ।

“लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरू कूटनीतिक माध्यममार्फत समाधान गरिने छ,” उनले भने ।

त्यस्तै सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादनको लागि नेपालमै ल्याब स्थापना गर्ने भएको छ। देउवा नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गत ल्याब स्थापना गर्ने कार्यक्रम ल्याएको हो ।

सार्वजनिक न्यूनतम साझा कार्यक्रम अन्तर्गत ‘कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति’ उपशीर्षकमा सरकारले यस्तो उल्लेख गरेको छ।

आगामी असोजसम्म एकतिहाइ नागरिकलाई र चैतसम्म खोप लगाउन योग्य नेपालीलाई नि:शुल्क खोपको व्यवस्था गर्ने कुरा न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

‘कोभिड-१९ को खोप उत्पादनका लागि नपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने’, साझा कार्यक्रममा भनिएको छ, ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल लगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने!’