देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज, देशभरका सबै कमिटी भङ्ग
काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट चितवनका नेता देवी ज्ञवालीको अध्यक्षतामा बनाएको भूमि आयोग सरकारले खारेज गरेको छ ।
सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न भन्दै बनाएको आयोगलाई कार्यकर्ता भात्रे केन्द्र बनाएको भन्दै सरकारले खारेज गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो। देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेपनि ओली सरकारले देशभरका कार्यकर्ता भर्ति केन्द्र बनाएको थियो ।
ज्ञवाली नेतृत्वको आयोगमा जगत बहादुर देउजा विज्ञ सदस्य थिए भने भीम बहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एक बहदुए राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज अधिकारीलाई सदस्य नियुक्त गरिएको थियो।
२०७७ वैशाखमा आयोग गठन भएपछि ७७ वटै जिल्लामा जिल्लास्तरीय भूमि सम्बन्धी समस्या समाधान समितिहरु गठन भएका थिए। सरकारको यो निर्णयले देशभरका सबै कमिटि भङ्ग भएका छन् ।