बिहानै भूकम्प: घर भत्किएर एक घाइते, मर्स्याङ्दिमा पनि क्षति
काठमाडौं- बुधबार बिहानै गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् ।
विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो । उता भूकम्पले बेशिसहर नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको बताइएको छ।

यससंगै मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको बताइएको छ ।