भारतमा पनि शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भारतमा पनि शक्तिशाली भूकम्प



भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो ।

सुरुमा ६.१ म्याग्निच्युडको भनिएको भूकम्पको ५.८ म्याग्निच्युडको रहेको युएस जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्प नेपाली समय अनुसार बुधबार बिहान २ बजे गएको हो ।