बिहानै ३.५ म्याग्नेच्युडको भूकम्प, सल्लाघारी केन्द्रविन्दु
काठमाडौँ –एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। एकाबिहानै भूकम्पको धक्काले सर्वसाधारण त्रसित बनेका थिए ।
भूकम्प बिहान ७ बजेर ५ मिनेटमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको थियो।
उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।