काठमाडौंमा ४ रेक्टर स्केलको भूकम्पको झड्का - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

काठमाडौंमा ४ रेक्टर स्केलको भूकम्पको झड्का



काठमाडौं ।  काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो।

२०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ। २०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो।