न्युजिल्यान्डमा भूकम्प - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

न्युजिल्यान्डमा भूकम्प



एजेन्सी । न्यूजील्यान्डको कर्माडेक द्वीपमा ५.७ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार बिहान ४ः०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन् । दक्षिण प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित कर्माडेक द्वीप तथा न्यूजील्याण्ड भौगर्भिक दृष्टिबाट जोखिमयुक्त क्षेत्र मानिन्छ ।