भोटाङ तामाङ संस्थाले मनायो दिल्लीमा २५६२ औँ बुद्ध जयन्ती - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

भोटाङ तामाङ संस्थाले मनायो दिल्लीमा २५६२ औँ बुद्ध जयन्ती



बौद्ध अनुयायीहरूले २५६२  औँ बुद्ध जयन्ती गत सोमबार विभिन्न कार्यक्रम गरी मनाए पनि दिल्लीमा बसोबास गर्ने प्रवासी नेपालीहरूले बुधवार भव्य कार्यक्रम गरी मनाएका छन् ।

दिल्लीको आरके पुरममा भोटाङ तामाङ संस्था दिल्लीले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष साइँला वाईबा तामङ्गले अध्यक्षता र गोर्खा राइफलका रिटाएर मेजर आशिष् ग्रोभर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

समारोहमा बोल्दै अध्यक्ष तामाङले प्रवासमा बसेर पनि आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्न विगत ३ वर्षदेखि बुद्ध जयन्तीका अवसरमा कार्यक्रम गर्दै आएको बताउनु भएको छ । कार्यक्रममा स्वागत मन्तबय राख्दै संस्थाका सचिव ग्याल्वो तमाङ्गले बुद्धको आशीर्वाद मिल्दै गयो भने आगामी दिनमा पनि यस्तै भव्य कार्यक्रम गर्दै गएको बताउनु भयो ।

बौद्ध अनुयायीका साथै अन्य प्रवासी नेपालीहरूको समेत बाक्लो उपस्थित कार्यक्रममा पूजाआजासहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो थियो । एल्मो पाँच पोखरीको सहयोग र विभिन्न कार्यक्रममा स्वयम् सेवा मार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको संस्था हेल्प फर नेपाल सङ्घ दिल्लीले स्वयम् सेवा गरेको थियो ।

बौद्ध अनुयायीका साथै हिन्दु धर्मावलम्बीले बुद्धलाई पुज्ने गर्दछन् । बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस्, कम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।

तस्बिर :गोपाल भारद्वाज