शनिबार सचिवालय बैठक बस्ने ओली-प्रचण्ड सहमति
काठमाडौं- अब नारोक्नेगरी तय भएको आज शुक्रबारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक दुई पटक सरेको छ । पहिले ४ घन्टाको लागि सारिएको बैठक अहिले ४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
समस्स्या समाधानका लागि अन्तिम पहल भन्दै बालुवाटारमा जारी प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले साउन ४ गते स्थायी कमिटि बैठक डाक्ने सहमति गरेको बताइएको छ ।
दुई अध्यक्षबीच भएको सहमतिअनुसार शनिबार (भोलि) सचिवालय बैठक बोलाइने भएको छ । भने त्यसको अर्कोदिन साउन ४ गते स्थायी कमिटी बैठक बोलाइने भएको छ ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ। राजीनामा मागिएपछि ओली-दाहालबीच लामो छलफल चल्दै आएको छ।
तर, दुवैले आफ्नो अडान नछोडेपछि सहमति हुन सकेको छैन। सचिवालय बैठकबाट प्रधानमन्त्री ओलीले फेरि राजीनामा गर्न दबाब दिने रणनीति दाहाललगायत नेताहरूको रहेको बुझिएको छ।