भोली रुपन्देही बन्द (विज्ञप्ति सहित) - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

भोली रुपन्देही बन्द (विज्ञप्ति सहित)



हिमाल पोस्ट / फागुन २८

विभिन्न माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोली  आइतबार रुपन्देहि बन्दको आह्रवान गरेको छ ।मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै भोलि रुपन्देही जिल्ला बन्दको आह्वान गरेको हो ।

मोर्चामा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादव, सद्भावन पार्टीका जिल्ला संयोजक मनमोहन चौधरी र तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष अजय बर्मा द्धारा सयुक्त हस्ताक्षरीत विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको घटनाको भत्र्सना गर्दै मोर्चाले “मृतकलाई सहिद घोषण गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने , घाइतेको निःशुल्क उपचार गराउनु पर्ने तथा दोषीलाई कडा कारबाहीको माग ” राख्दै भोलि रुपन्देही बन्दको आह्वान गरिएको हो ।