राधा कुट्ने भोलेबाबालाई पाँच वर्ष कैद र एकलाख जरिवाना - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

राधा कुट्ने भोलेबाबालाई पाँच वर्ष कैद र एकलाख जरिवाना



धनगढी। कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ पाँच वर्ष कैदको फैसला सुनाएको छ ।जिल्ला अदालत कैलालीले उनलाई पाँच बर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको हो ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।

यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको छ ।
रामबहादुर चौधरीले बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर राधालाई चरम यातना दिएका थिए ।