भोलेबाबाले महिला र किशोरीलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा
कैलाली-
कैलालीको घोडाघोडी नगरपालिका–५ मा भोलेबाबा रामवहादुर चौधरीले महिला र किशोरीहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ ।
आफूलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५ दिन सम्म आफैसँग राख्ने गरेको स्थानीयले बताएका छन् ।
आफ्नोमा आउन नमान्ने किशोरी र महिलालाई सार्वजनिक रूपमा गाली वेईज्जत गर्दै कुटपिट गरेर बोक्सीको आरोप लगाउने राम बहादुर चौधरीले आफ्नो त्यो काम गर्नका लागि आधा दर्जन पार्वती बनाएको पनि खुलेको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा राम बहादुर चौधरीले धर्मकर्मको नाममा किशोरी र महिलाहरूलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलेको हो ।
चटपट र बदाम बेच्न छोडेर डेढ महिनादेखि स्वघोषित बाबा बनेका उनले गाउँ वरपर र आसपासका महिला र किशोरीहरु लाई रोग निको पार्ने बहानामा लामो समय आफै सँग राखेर पार्वती घोषणा गर्दै राख्ने गरेको खुलेको हो ।
आफू लाई मन परेका किशोरी र महिलाहरू लाई बोलाएर सँगै राख्ने चौधरीले कसैले अटेरी गरेमा वा नआएमा बोक्सीको आरोप लगाउँदै सार्वजनिक रूपमा कुटपिट गर्दै गाली गलैच र दुव्र्यवहार गर्ने गरेको स्थानीय पीडितहरू नै वताउँछन ।
आफू भोले बाबा भएको बताउने राम बहादुरले आफ्नै घरमा आफू लाई भगवानको शक्ति आएको भन्दै थारु समुदायमा आफ्नो प्रभाव जमाउँदै महिला र किशोरी माथि यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाई छ ।
विभिन्न समस्या लिएर वा आफै आउनेमा महिला र किशोरीहरु नै अधिकांश छन् । सुरुमा त्यहाँ पुग्दा चामल खुवाएर कुटपिट र गलाी गर्दै सार्वजनिक रूपमा वेईज्जत गर्दै शरीरमा अर्काको आत्मा पसेको भन्दै कुटपिट गरिन्थ्यो । किशोरी र महिलाहरूको भनाइमा यसरी कुटपिट हुँदा उनीहरू वेहोस जस्तै हुने भएकोले राम बहादुरले दिने चामलमा कुनै नसाले र लठ्याउने औषधी मिलाएर खुवाईने आशङ्का पनि हुन थालेको छ । राधा लाई कुट्ने किस्मतीले आफूले कुटेको विषयमा थाहा नपाएको भन्दा नै यो कुराको पुष्टि हुन्छ ।
भगवानका पोष्टर, नक्कली सर्प सहितका सामाग्री राख्ने स्थान बनाएर वरिपरि गोबरले पोतेको स्थानमा जो कोहीलाई सहजै जान निषेध गरिएको थियो ।
भोले बाबाले मन पराएका महिला र किशोरीहरु लाई उनको घर सम्म पुराउने र त्यसको चाजोपाँचो मिलाउने काम सुख्खडीकी स्मारिका चौधरीले गर्ने गरेको तथ्य पनि खुलेको छ ।
राम प्रसाद सहित किस्मती र स्मारिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
स्थानीय खबरहरुको सहयोग