भोजपुरमा पनि नेकपा विजयी
भोजपुर – भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् ।
आज भएको उपचुनावमा राई ६९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २५४ मत प्राप्त गरे ।
मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गरे ।
कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए । १६ मत भने बदर भएको छ ।