भोजपुर हातेमालो समाज युएईले बाढ्यो ह्विलचियर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भोजपुर हातेमालो समाज युएईले बाढ्यो ह्विलचियर



गुरु प्रसाद रेग्मी /युएई

भोजपुर हातेमालो समाज युएईले भाेजपुर जिल्लाका तीन स्वास्थ्य सस्थालाई एक कार्यक्रम गरी ह्विलचेयर हस्तान्तरण गरेको छ । युएईमा बस्दै आएका प्रवासी भाेजपुरे दाजुभाईहरुले मिलेर सङ्कलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरू दिङ्गला र घोडेटारलाई ह्विलचीयर्, लगायतका सामग्री वितरण गरेको हो ।

२०७४ पौष २३ गते नगरपालिका भोजपुर र जिल्ला अस्पताल भोजपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सो सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण ह्विलचियर जिल्ला अस्पताल भोजपुरलाई ३, प्राथमिक स्वास्थ्य केन्द्र दिङ्गला र घोडेटारलाई एक एक गरेर वितरण गरिएको कुराको भोजपुर युएई प्रतिनिधि केन्द्रीय उपाध्यक्ष प्रेम शेर्पाले बताउनु भयो ।

असक्त बिरामी वृद्ध वृद्धालाई सहयोग पुर्‍याउने उद्देश्य अनुरूप वितरण गरिएको उक्त सामाग्री १ लाख मूल्य बराबरको रहेको जानकारी केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर राईले बताउनु भयो । ह्विलचेयर अस्पतालमा आउने असक्त बिरामीलाई उपचारमा सहज हुने भन्दै अस्पताल प्रमुख डा. त्रिभुवन चन्द्र झाले मानवीय सेवामा समर्पित भोजपुर हातेमालो समाजको खुलेर प्रशसा गर्नु भयो ।

दैविक प्रकोप साथै विपन्न वर्गको उपचारमा सस्थाले गरेको सहयोग प्रति धन्यवाद साथै अस्पतालको तर्फबाट प्रसङ्सा पत्र प्रदान गरेको कुरा भोजपुर हातेमालो समाज युएईका महासचिव तीर्थ योज्जनले जानकारी गराए ।