२०७६ साउन ३, शुक्रबार

भोजपुर काण्ड : पहिला चिया पिए, पछि गोली हानाहान गरे

July 11, 2019
36 Views

काठमाडौं – प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । केगर्नु र ?’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपाईं कहाँ जान लागेको ? अहिले नजानुस्, अरू साथी आउँदै छन्,’ सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए । दुवै जनाबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए ।

त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुगे । प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि चन्द समूहका चार जना कार्यकर्ता त्यहाँबाट भागे । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खवर

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares4 views
समाचार
shares4 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares4 views
अन्तराष्ट्रिय
shares4 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares9 views
अन्तराष्ट्रिय
shares9 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…