भिषण वर्षा हुने भन्दै मौसम विभागले भन्यो सतर्कता अपनाउनु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भिषण वर्षा हुने भन्दै मौसम विभागले भन्यो सतर्कता अपनाउनु



काठमाडौं- देशभरि मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मंगलबार बिहान देशभर सामान्यको मौसम बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश २ को थोरै स्थानमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

मंगलबा राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।