अभिनेत्री विना थापाको सडक दुर्घटनामा परी मृत्यु ! - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

अभिनेत्री विना थापाको सडक दुर्घटनामा परी मृत्यु !



काठमाडौँ– अभिनेत्री विना थापा बुधवार बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी दिवङ्गत भएकी छिन्। रिलिजको सँघारमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’मा समेत उनको अभिनय छ।

गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी बासिन्दा २७ वर्षीया थापाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई वीर अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो।

बत्तीसपुतलीमा बा२ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा५५प १३८७ नम्बरको स्कुटरलाई बुधवार ठक्कर दिएको थियो।

उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।