भीमार्जुन आचार्यले गरे मुलुकमा अनिष्टको संकेत - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

भीमार्जुन आचार्यले गरे मुलुकमा अनिष्टको संकेत



काठमाडौं- सविधानविद् भीमार्जुन आचार्यले मुलुकको भविष्य अत्यन्त खतरातर्फा उन्मुख भएको भन्दै राज्य प्रणाली नै तहसनहस हुनसक्ने बताएका छन् ।

वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै संविधानविद् आचार्यले बिहीबार सामाजिक सञ्जालमार्फत मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत भएको बताएका छन् ।

सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखेर अगाडि बढ्न आग्रह गर्दै आचार्यले व्यक्तिगत तथा गुटगत स्वार्थका लागि संवैधानिक निकाय नै दायित्त्वबाट च्युत भएको उल्लेख गर्दै उनले यसबाट राज्य व्यवस्था नै खतरामा परेको औंल्याएका हुन्।

उनले लेखेका छन्, ‘एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकाय आफ्नो दायित्त्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ, मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो। तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।’