भीमार्जुन आचार्यको बहस: प्रधानमन्त्रीले विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन् - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

भीमार्जुन आचार्यको बहस: प्रधानमन्त्रीले विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन्



काठमाडौं- प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि बहस गर्ने क्रममा अधिवक्ता भीमार्जुन आचार्यले बहुमतकाे प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नदिने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्द दायर रिटमा आइतबार बहस गर्दै उनले भने, ‘‘संविधानअनुसार अहिलेको प्रधानमन्त्रीले विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन् ।’’

‘बहुमतको प्रधानमन्त्रीलाई त संसद विघटन गर्ने अधिकार संविधानले दिँदै दिँदैन‚’ उनले भने‚ ‘विगतका संविधानमा विघटन गर्न दिने व्यवस्था थियो तर अहिले त यसलाई पनि राेकिएकाे छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफमा प्रतिनिधिसभा विघटन राजनीतिक विषय भनेको भन्दै खण्डन पनि गरे । प्रतिनिधिसभा विघटन न्यायिक पुनरावलोकनको विषय भएको उनको जिकिर थियो ।

विगतमा संविधानमा व्यवस्था हुँदा हुँदै पनि अदालतले संसद विघटन नै उल्ट्याइदिएको भन्दै उनले भने‚ ‘विगतमा अदालतले उल्टाएकाे छ। अहिले त त्याे पनि संविधानले दिएकाे छैन। प्रधानमन्त्रीले राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ‚ तर संवैधानिक भने होइन।’