प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मारेको भन्दा ठूलो अपराध’ गरे: भीमार्जुन आचार्य - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मारेको भन्दा ठूलो अपराध’ गरे: भीमार्जुन आचार्य



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद र कानुनविदलाई बोलाएर परमर्षा गरिरहेका छन् ।

सभामुखसँगको छलफलमा विधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका छन् ।

उनले भने, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो।’

उनले भने, ‘प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो । राजीनामा नगरी, पदुमक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियतमाथि खोट थियो ।’