नेकपाको भिम रावल यस्तो उपाहार - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

नेकपाको भिम रावल यस्तो उपाहार



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बिस्तार गरिने भएको छ । नेकपाले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा थप्ने तयारी गरेको हो ।

आज (आइतबार( बस्ने सचिवालय बैठकले उहाँहरुलाई थप्ने निर्णय गर्ने स्रोतले जनाएको छ । सचिवालय बैठक दिेउँसो ४ बजे बस्दैछ ।

वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरिएपछि शाक्य र राल र ज्ञवालीलाई सचिवालय सदस्य बनाउन लागिएको हो । एमाले र माओवादी केन्द्र एकताअघि गौतमसहित तनिै जना उपाध्यक्ष हुनुहुन्थ्यो ।

तीन नेता थपिएपछि नेकपा सचिवालय १२ सदस्य हुनेछ । सचिवालय अहिले ९ सदस्य छ । नेकपा सचिवालयमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महाचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा बादल हुनुहुन्छ ।