भीम रावल भन्छन: जे पनि बोल्ने यो कस्तो तन्त्र हो ?

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भीम रावलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई देशमा भएका समस्यालाई विषयान्तर गर्न फालिएको तुरूपको संज्ञा दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भानु जयन्तीका अवसरमा भगवान रामका विषयमा दिएको अभिव्यक्तिले देशलाई गम्भिर असर पुर्याउने बताएका छन् ।
नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन्- यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम कालापानी क्षेत्रबाट फौज हटाउनु पर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि, राम र अयोध्याबारे बहस गर्नुपर्ने ? विषयान्तर किन ?
उनले थप लेख्दै भनेका छन्- देशलाई गम्भिर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?
प्रधानमन्त्रीले हिजो दिएको अभिव्यक्तिको अहिले नेपाल–भारत दुबैतिर चर्को अलोचना भइरहेको छ ।

