सरकारी जग्गा कब्जा गर्ने जोसुकै भएपनि कारबाही होस् :नेता रावल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकारी जग्गा कब्जा गर्ने जोसुकै भएपनि कारबाही होस् :नेता रावल



काठमाडौँ – नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री निवासको सरकारी जग्गा कब्जा गर्ने जोसुकै भएपनि कारबाही गर्नुपर्ने बताएका छन् ।

द्वन्द्ध र अस्थिर स्थितिमा सार्वजनिक जग्गा कब्जा गर्ने जो कोहिलाई सरकारले सार्वजनिक सम्पत्तिको रक्षा गर्दै कारबाही गर्नुको विकल्प नरहेको ठोकुवा गरेका छन् ।

नेकपा महासचिव विष्णु पौडेलको समेत सरकारी जग्गा प्रकरणमा कारोबार देखिएपछि राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन माग गर्दै आएका नेता रावलले नाम किटान नगरेपनि घुमाउरो पाराले कारबाही गर्न सरकार पछि हट्न नहुने तर्क सार्वजनिक गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता राववले भनेका छन्, द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो ।प्र.मं. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कार्वाई गर्न सरकार सफल होस् !