भिम रावले भने : यो गलत भयो, रहस्य अर्कै छ !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताको भाषाप्रति आपत्ति जनाएका छन् ।
उनले सरकार र गठबन्धनका संयोजक सिके राउतबीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषा प्रयोग भएको भन्दै किन यस्तो गरियो भनी प्रश्न उठाएका हुन् ।
शुक्रबार ट्विटरमा उनले लेखेका छन् ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’