एमालेले संसद अवरोध कायमै राख्ने, भीम रावलले भने एमसीसीको विपक्षमा भोट हाल्ने - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

एमालेले संसद अवरोध कायमै राख्ने, भीम रावलले भने एमसीसीको विपक्षमा भोट हाल्ने



नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् । एमालेले भने यसअघि झैं सदन अवरोधलाई जारी राख्ने भएको छ ।

रावलले आफ्नो यसअघिको धारणामा आफू अडिग रहेको बताउँदै विपक्षमा मतदान गर्ने बताए । ‘म मेरो यसअघिको अडानमा अडिग छु,’रावलले भने, ‘पार्टीले के गर्छ मलाई थाहा भएन, म एमसीसको विपक्षमा मतदान गर्छु ।’

एमसीसी ‘व्याख्यात्मक टिप्पणी’बाट सच्चिन्छ भन्नु जनतालाई ठग्नु भएको रावलको प्रतिक्रिया छ । ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो,’ ट्वीटरमा उनले खलेका छन्, ‘यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।’

रावल संशोधन नगरि एमसीसी स्वीकार गर्न नहुने पक्षमा छन् ।